कात्तिक १४ गते फाइनल हुने ‘मिस्टर एण्ड मिस लिटिल पूर्बेली’को ट्यालेण्ट राउण्ड सम्पन्न

डिसी नेपाल
८ कार्तिक २०८१ १०:३७

इटहरी। ‘मिस्टर एण्ड मिस लिटिल पूर्बेली’को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ। यही कात्तिक ६ गते बुधबार इटहरी अवस्थित दुर्गा पार्टी प्यालेसको सभाहलमा यो प्रतियोगिताको ट्यालेन्ट राउण्ड सम्पन्न गरिएको हो।

दिनको १२ बजेदेखि सुरुभएको ट्यालेन्ट राउण्डमा ५५ जना फाईनल प्रतिष्पर्धीले आफ्नो प्रतिभा प्रष्फुटन गरेका हुन्। ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीको संयुक्त आयोजनामा भएको बालबालिकाहरुको लुकेका प्रतिभा प्रष्फुटन गर्ने यो प्रतियोगिताको यही कात्तिक १४ गते फाइनल हुँदैछ।

ट्यालेण्ट राउण्डको निर्णायकमा मिसेस पूर्बेली आइकन २०२४ कि बिजेता रेनुका श्रेष्ठ, मिस्टर नेपाल २०२४ का मिस्टर ह्याण्डसम टाइटल बिजेता पिन्टु सन्याल, डान्स कोरियोग्राफर उर्मिला तामाङ, यसोदा लम्साल रहेका थिए। सम्पुर्ण प्रतियोगीहरुको ट्यालेन्टलाई मूल्यांकन गरेर फाइनलमा ‘मिस्टर एण्ड मिस ट्यालेन्ट’को टाइटल प्रदान गरिने आयोजक संस्थाले जनाएको छ।

यसअघि दुई चरणमा अडिसन प्रक्रिया सम्पन्न भएको थियो। पहिलो अडिसनमा ८० जना बालबालिकाले भाग लिएका थिए भने दोश्रो अडिसनमा ५० जना बालबालिकाको सहभागिता थियो।

त्यहाँबाट छनौट भएर अहिले ५५ जना फाईनलमा पुगेका हुन्। प्रतियोगिताको कोरियोग्राफि सुभेक्षा कार्कीले गरिरहेकी छन्। उनले विभिन्न सिक्वेन्समा र्याम्प वाल्कको प्रशिक्षण गराइरहेकी छन्।

प्रतियोगीहरूलाई व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर क्षमता, योगा लगायतका विभिन्न विषयमा प्रशिक्षण दिइरहेको आयोजकले जनाएको छ। यो प्रतियोगिताको फाइनल यही कात्तिक १४ गते इटहरी अवस्थित लायन्स क्लबको सभाहलमा दिउँसो ४ बजे हुँदैछ।

‘मिस्टर एण्ड मिस लिटिल पूर्बेली’को फिनालेबाट ३ क्याटोगरीमा बिजेता घोषणा गरिने आयोजकले जानकारी गराएको छ। बिजेतालाई ३०/३० हजार नगदसहित विभिन्न आकर्षक पुरस्कारहरू प्रदान गरिनेछ र ट्यालेण्टको आधारमा सबटाईटलहरु पनि प्रदान गरिने आयोजकको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *