आधुनिक सिंगापुरका संस्थापकका छोराले बेलायतमा शरण पाए

डिसी नेपाल
८ कार्तिक २०८१ ११:५६

काठमाडौं । आधुनिक सिंगापुरका संस्थापकका छोरालाई पारिवारिक कलहमा उत्पीडन गरेको दाबीपछि बेलायतमा शरण दिइएको छ ।

ली सिग याङले लामो समयदेखि उनले सिंगापुर सरकारबाट उत्पीडनको सामना गरिरहेको आरोप लगाएका छन् । जसको नेतृत्व उनको दाजु ली सिएन लुङले २० वर्षसम्म गरेका थिए।

यद्यपि, सिंगापुर सरकारले यी दाबीहरूलाई अस्वीकार गर्दै आएको छ। सरकारले ली सिएन याङ आफ्नो देश फर्कन स्वतन्त्र रहेको जनाएको छ ।

उनीहरु दुवै सिंगापुरका प्रख्यात नेता ली क्वान युका सन्तान हुन्, जसको सन् २०१५ मा मृत्यु भएको थियो ।

उनको मृत्युपछि दुई दाजुभाइबीच बुबाको घरमा लामो समयदेखि विवाद रहँदै आएको थियो, जुन ठूलो सार्वजनिक पारिवारिक झगडामा परिणत भएको छ ।

लण्डनमा बस्ने लीले आफ्नी श्रीमतीलाई पनि शरण दिइएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *