लेबनानको एउटा घरमा इजरायली आक्रमणमा एकै परिवारका १९ जनाको मृत्यु

डिसी नेपाल
८ कार्तिक २०८१ १२:५८

काठमाडौं । मङ्गलबार दक्षिणी लेबनानको एउटा घरमा इजरायली आक्रमणमा परी ६ महिला र पाँच बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको स्थानीय लेबनानी अधिकारीले बताएका छन् ।

मृत्यु हुनेमा विद्यालयका पूर्व प्रधानाध्यापक अहमद एजेदिन र उनको परिवारका तीन पुस्ता रहेका साउद हम्मौदले बीबीसीलाई बताए। टेफाहाटा गाउँको तीनतले भवनमा परिवारका सबै सदस्य सँगै बस्थे ।

आक्रमणमा सोही गाउँका इमाम शेख अब्दो अबो रायको मृत्यु भएको उनले बताए । आक्रमण हुँदा इमाम दुई अन्य व्यक्तिसँग भवन नजिकै हिँडिरहेका थिए।

इजरायली सेनाले यस घटनामा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन, तर इजरायली सेनाले बारम्बार भनेको छ कि उसले आक्रमणबाट नागरिकहरूलाई बचाउन कदम चालेको छ।

इजरायली सेनाले गत चार हप्तामा लेबनानमा हजारौं हवाई आक्रमण गरेको छ। सेनाले हिजबुल्लाह अपरेटरहरू, पूर्वाधार र हतियारहरूलाई लक्षित गरेको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *