डा. शेखर कोइराला भन्छन्- वर्तमान सरकार परिवर्तन सोच्न सकिँदैन

डिसी नेपाल
८ कार्तिक २०८१ १३:५८

विराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले वर्तमान सरकार परिर्वतन बार सोच्न नसकिने बताएका छन्।

बिहीबार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ नेता डा.कोइरालाले करिब दुई तिहाईको सरकार भएकाले अन्य काममा भन्दा सहमति अनुसार संविधान संशाेधन र आर्थिक सुधारमा ध्यान दिनु पर्ने समेत बताए।

उनले वर्तमान सरकार नेपाली कांग्रेस र एमाले बीचको सहमतिमा बनेकोले धेरै जनताले आशा र भरोसा गरेको कारण सरकारको कामलाई अझ तिब्रता दिनुपर्ने उल्लेख गरे। जनताले आशा र अपेक्षा गरे अनुसार यो सरकारले एक सय दिन केही राम्रा काम गरेको भए पनि पर्याप्त नभएको उनले बताए।

कोइरालाले न्यायापालिकाले गरेको निर्णयलाई स्वीकार्नुको विकल्प नभएको भन्दै न्यायालयलाई दबाब दिने गरी गरिने भिडतन्त्रको लोकतन्त्रमा कुनै औचित्य नभएको जनाए। उहाले सहकारी प्रकरणमा फौजदारी अभियोगमा दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउन सरकार क्रियाशिल रहेको जिकिर गरे।

उनले आफूलाई पाटीभित्र विभेद गर्ने कार्य बारे संवेदनशील रहेको र यसबारे पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्ने बताए। प्रदेश सरकार विस्तार बारे आफूसँग छलफल नगरिएको उनको गुनासो थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *