जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

डिसी नेपाल
८ कार्तिक २०८१ १५:५७

बर्दिया । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-८ ककौरा झनैया टोल बस्ने २२ वर्षीय बिक्रम भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भण्डारीले ती किशोरीलाई गत असोज २७ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *