एआई सम्मेलन गर्दै युवा संघ, उच्च स्तरीय बिदेशी विज्ञसहित प्रतिनिधि सहभागी हुने

डिसी नेपाल
८ कार्तिक २०८१ १९:१४

काठमाडाैं। राष्ट्रिय युवा संघ नेपालले नेपालमै पहिलो पटक‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ।

संघले कात्तिक ११ र १२ गते काठमाडाैंकाे कालिमाटीस्थित हायात प्यालेसमा एआई सम्मेलन आयोजना गर्न लागेको अध्यक्ष क्षितिज थेबेले बताएका छन्। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। एआई विज्ञताको रूपमा विभिन्न मुलुक्का विदेशीहरूकोसमेत सहभागिता हुनेछन्।

सम्मेलनबाट राष्ट्रिय एआई रणनीति विकास, नैतिक एआई प्रयोगको प्रवर्द्धन, एआई अनुसन्धान तथा विकासमा सार्वजनिक-निजी साझेदारीको प्रवर्द्धन, एआई शिक्षा र कार्यबल विकासलाई सुदृढ बनाउने र समावेशी एआई नीति सुनिश्चित गर्ने उद्देश्य राखिएको छ।

एआई सम्मेलनबाट विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी दिने उद्देश्य रहेको अध्यक्ष थेवेले बताएका छन्।

सूचना प्रविधिको वर्तमान युग अब ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेको बताउँदै यसबाट नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिन सक्नुपर्ने लाभबारे सम्मेलन केन्द्रित हुने उनको भनाइ छ। सम्मेलनमा एक हजार जना प्रतिनिधि सहभागी हुनेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको हरेक नेपालीको सपना (समृद्ध नेपाल र सुखी नेपाली) सम्म पुग्नको लागि चाहिने डिजिटल नेपालको अवधारणाको सुरुवात गर्न यो सम्मेलन कोशेढुंगा सावित हुने पनि अध्यक्ष थेवेले बताए।

उच्च स्तरीय विभिन्न क्षेत्रका बिदेशी विज्ञहरु भौतिक रुपमा सहभागी हुने सो कार्यक्रममा १० वटा थिमेटिक बेसमा छलफल हुनेछ भने १०१ जना विज्ञ प्यानलिट सहभागी हुनेछन्।त्यस्तै १ हजार जना भौतिक रुपमा सहभागी भएपनी बिश्वभर बाट भर्चुअल रुपमा १ करोड भन्दा बढी प्रतिनिधिले सहभागी जनाउने अपेक्षा गरिएकाे छ।

यस कार्यक्रमबाट नेपाल सरकारको डिजिटल नेपालको योजना पूरा गर्नको लागि पहिलो सुरुवातको रुपमा यो एआई कन्फ्रेन्सले नेपाल र नेपाल सरकारको एआई पोलिसी र नेसनल स्ट्राटेजि निर्माण गर्ने बिषयमा धारणा क्लियर गरेर अगाडि बढ्न एआई कन्फ्रेन्सले मुख्य भुमिका खेल्ने अध्यक्ष थेवेको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *