जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको आग्रह

डिसी नेपाल
८ कार्तिक २०८१ २२:४८

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरुको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गरेका छन्।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकअन्तर्गत संयुक्त राज्य अमेरिकामा आज आयोजित उच्चस्तरीय मन्त्रिस्तरीय बैठकमा उनले जलवायु न्यायका लागि विकास साझेदार र सिंगो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गरेका हुन्।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले नेपाल विश्वमै अद्वितीय जैविक विविधतायुक्त मुलुक रहेको भएता पनि पछिल्लो समय मानव सिर्जित कारणहरुले प्राकृतिक विपत्तिको सामना गर्नु परिरहेको र यसका लागि थप वित्तीय स्रोत व्यवस्थापनको चुनौती रहेको धारणा राखेको अर्थसचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए।

अर्थमन्त्रीले जलवायु परिवर्तका क्षेत्रमा नेपालको योगदान नगण्य रहेको भएतापनि जलवायु परिवर्तनको प्रतिकूल प्रभावको अंश ठूलो रहेको बताए। उनले जलवायु न्यायका लागि स्थापित हानि नोक्सानी तथा क्षतिपूर्ति कोपलाई प्रभावकारी रूपमा सञ्चालन गर्न समेत विश्व समुदायलाई आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *