कार्तिक १० र ११ गते काठमाडौंमा साहित्यिक विश्व सम्मेलन हुने(भिडियो)

डिसी नेपाल
९ कार्तिक २०८१ १२:४९

काठमाडौं। विश्व नेपाली साहित्य महासङ्घले कार्तिक १० र ११ गते काठमाडौंमा साहित्यिक विश्व सम्मेलनको आयोजना गर्ने भएको छ ।

महासङ्घले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली साहित्यको विश्वव्यापीकरण, हाम्रो अभियान भन्ने मूल नाराका साथ साहित्यिक विश्व सम्मेलनको आयोजना गर्न लागेको जनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा विश्वका बिभिन्न देशका साहित्यिक व्यक्तिहरुको सहभागीता रहने महासंघका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले जानकारी दिएका छन्।

सम्मेलनका क्रममा बर्षको उत्कृष्ट पर्या कविता तर्फ प्रथम किशन पौडेललाई रु १५ हजार र प्रमाणपत्र, द्वितिय हुने समीप बैरागीलाई रु १० हजार र प्रमाणपत्र र तेश्रो हुने भारती न्यौपानेलाई रु ५ हजार र प्रमाणपत्र सहित सम्मान गरिएको उनले बताए।

त्यस्तै नेपाालसहित बिभिन्न देशका ८ श्रष्टालाई साहित्यदूत सम्मान गरिने आयोजकले जनाएको छ । सम्मेलनका क्रममा समसामयिक साहित्यबारे छलफल हुनाका साथै महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिने तथा केही कृति विमोचन गरिने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *