विश्वकप लिग-२ को सिरिज आजदेखि, पहिलो खेलमा अमेरिका र स्कटल्याण्ड भिड्दै

डिसी नेपाल
९ कार्तिक २०८१ १२:५२

काठमाडौं। आईसिसी विश्वकप लिग-२ अन्तगर्तको त्रिकोणात्मक सिरिज आजदेखि शुरु हुँदै छ।

नेपालसहित अमेरिका र स्कटल्याण्ड सहभागी यस सिरिजको पहिलो खेल आज अमेरिका र स्कटल्याण्डबीच हुँदै छ। यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ। यो सिरिज एकदिवसीय फर्म्याटमा हुने खेलमा हुँदै छ।

त्यस्तै नेपालको खेल भने आइतबार राति अमेरिका हुने छ भने दोस्रो खेल स्कटल्याण्डसँग बिहीबार खेल्ने छ भने नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ फेरि स्कटल्यान्डसँग खेल्ने तालिका रहेको छ।

तेस्रो पटक लिग-२ खेल्न लागेको नेपालको यस सिजनमा प्रदर्शन भने निकै कमजोर रहेको छ। लिग २ को अंक तालिकामा नेपाल सातौं स्थानमा रहेको छ। नेपालले अहिलेसम्म खेलेका ८ खेलमा केवल एक खेल मात्र जितेको छ भने ६ खेलमा पराजित भएको छ । जबकी एक खेल अनिर्णित हुदा अंक बाँडेको थियो।

अहिलेसम्म १२ खेल खेल्दै १६ अंकसहित क्यानडा शिर्ष स्थानमा छ भने अमेरिका ८ खेलमा १२ अंकसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै नेदरल्याण्डस ८ खेलमा १२ अंक हासिल गर्दै तेस्रो र नामिबिया १२ खेलमा १० अंक हासिल गर्दै चौथो स्थानमा छ।

त्यस्तै स्कटल्याण्ड ७ खेलमा ९ अंक हासिल गर्दै पाँचौं, ओमान ८ खेलमा ६ अंक हासिल गर्दै छैटौं र नेपाल ८ खेलमा ३ अंक हासिल गर्दै सातौं स्थानमा छ । त्यस्तै युएई ७ खेलमा २ अंक हासिल गरेर पुछारमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *