सञ्जीव खन्ना भारतको भावी प्रधानन्यायाधीश हुने

डिसी नेपाल
९ कार्तिक २०८१ १३:४०

काठमाडौं । भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले भारतको भावी प्रधानन्यायाधीशको नियुक्तिको लागि अधिसूचना जारी गरेकी छन् । भारतको अर्को प्रधानन्यायाधीश संजीव खन्ना हुनेछन्। उनले प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको स्थान लिनेछन्।

प्रधानन्यायाधीश चन्द्रचुड नोभेम्बर १० मा अवकाश लिँदैछन् । जानकारी दिँदै कानून तथा न्याय विभागका राज्यमन्त्री अर्जुन राम मेघवालले भने , ‘भारतको संविधानले दिएको अधिकारको प्रयोग गरी र भारतका प्रधानन्यायाधीशको सल्लाह लिएर राष्ट्रपतिले सर्वोच्च अदालतका न्यायाधीश सञ्जीव खन्नालाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो । उहाँलाई नोभेम्बर ११, २०२४ देखि लागू हुनेगरी प्रधानन्यायाधीशको रूपमा नियुक्त गरिएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *