इमरान खानकी श्रीमती बुशरा ९ महिनापछि जेलबाट रिहा

डिसी नेपाल
९ कार्तिक २०८१ १७:०१

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बीबीले तोशाखानासँग सम्बन्धित मुद्दामा जमानत पाएकी छिन् ।

इस्लामावाद उच्च अदालतले बुशरालाई १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । बुशरा विगत ९ महिनादेखि रावलपिंडीको अडियाला जेलमा बन्दी थिइन् । उनलाई कडा सुरक्षामा यहाँबाट रिहा गरिएको हो ।

रिहा भएलगत्तै बुशरा बनी गालास्थित आफ्नो घर गएकी थिइन् । यहाँ उनले पाकिस्तान तहरीक-ए-इन्साफ पार्टी (पीटीआई) का नेताहरूसँग भेट गर्नेछिन्। उनको रिहाइको जानकारी पीटीआईले ट्विटरमा पोस्ट गरेको छ।

यसअघि १३ जुलाईमा इमरान खान र बुशरालाई इद्दत अर्थात् नक्कली विवाह मुद्दामा सफाइ दिइएको थियो । तर, त्यसको केही घन्टापछि नै दुवैलाई नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) ले पक्राउ गरेको थियो । इमरान खान अहिले पनि यही जेलमा छन् ।

इमरानलाई रावलपिंडीको अडियाला जेलमा तीनवटा विभिन्न मुद्दामा ३५० दिनदेखि राखिएको छ। इस्लामावादको स्थानीय अदालतले अगस्ट ५, २०२३ मा उनलाई तोशाखाना मुद्दामा दोषी ठहर गरेको थियो।

त्यसपछि उनलाई इस्लामावादको जमान पार्कस्थित घरबाट पक्राउ गरी जेल पठाइएको थियो । पछि उनी थप २ मुद्दामा दोषी ठहर भएका थिए । तर, यी सबै मुद्दामा इमरानलाई सफाइ दिइएको छ । नक्कली निकाह मुद्दामा जुलाइ १३ मा रिहा भएपछि उनी तोशखानासँग सम्बन्धित अर्को मुद्दामा पक्राउ परेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *