आलियाको गुनासो- महिलालाई इन्टरनेटमा बस्तु जस्तो गरि हेरियो

डिसी नेपाल
१० कार्तिक २०८१ ११:३८

काठमाडौँ । बलिउड अभिनेत्री आलिया भट्टले बोटक्स र कस्मेटिक सर्जरीलाई लिएर आफ्नो मौनता तोडेकी छन् ।

हालै सामाजिक सञ्जाल र मिडियामा आलियाले सर्जरी गरेपछि अनुहार बिग्रेको दाबि गर्दै ट्रोल समेत गरिएको थियो । यी रिपोर्टलाई खारेज गर्दै अभिनेत्री आलियाले आफ्नो विरुद्ध नकारात्मक बोल्ने सबैलाई कडा शब्दमा निन्दा गरेकी छन् ।

आलियाले आफूले बोटोक्स गराएको दाबी गरिएको भन्दै यो झुटो भएको बताएकी थिइन् । आलियाले आफ्नो इन्स्टाग्राम स्टोरीमा लामो बयान पोस्ट गर्दै आफू कस्मेटिक सर्जरी गराइरहेको अफवाह बेकार, हास्यास्पद र हानिकारक भएको बताइन् ।

आलियाले भनिन्, ‘कसैले आफ्नो शरीरमा कस्मेटिक रूपमा केही गर्न चाहन्छन् वा शल्यक्रिया गराउन चाहन्छन्, यो उनको रोजाइ हो। तर यो धेरै हास्यास्पद छ कि केहि अनियमित भिडियोहरू देखा परेका छन् जसमा यो स्पष्ट रूपमा दावी गरिएको छ कि मैले बोटोक्स गराए जुन खराब भयो ।’

उनले भनिन्, ‘म बाङ्गो अनुहारले मुस्कुराउँछु र अनौठो ढंगले बोल्छु । अहिले तिमी ढुक्क भएर ‘वैज्ञानिक’ स्पष्टीकरण दिइरहेका छौ, मलाई एकातिर पक्षघात भएको दाबी गर्दैछौ । ठट्टा गर्दै छौं ?’

आलिया भट्टले भनिन्, ‘कुनै प्रमाण, पुष्टि र समर्थन बिना नै आफूमाथि केही गम्भीर दाबी गरिँदै आएको छ । सबैभन्दा नराम्रो कुरा के हो भने युवा, संवेदनशील दिमागलाई प्रभावित गरिएको छ, जसले वास्तवमा यस्ता दाबिलाई विश्वास गर्न सक्छ । किन यसो भनिदै छ ? ध्यानआकर्षित गर्न ?’

साथै आलियाले महिलाको अनुहार, शरीर र व्यक्तिगत जीवनलाई इन्टरनेटमा एक बस्तु जस्तो गरि हेरिने गरेको आरोप लगाएकी छन् । उनले हरेकले आफ्नो व्यक्तित्वप्रति गर्व गर्नुपर्ने बताउदै यसलाई चिरफार गरेर हेर्न आवश्यक नभएको बताएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *