नेपाली यू-१७ टिमको लगातार दोस्रो हार, कतारसँग ५-० ले पराजित

डिसी नेपाल
१० कार्तिक २०८१ ११:४७

काठमाडौँ । नेपाली यू-१७ फुटबल टिमले एएफसी यु- १७ एसिया कप छनोट अन्तर्गत लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।

कतारको दोहामा शुक्रवार सम्पन्न खेलमा नेपाल आयोजक कतारसँग ५-० ले पराजित भएको हो । यसअघि बुधवार नेपाल जापानसँग ९-२ अन्तरले पराजित भएको थियो ।

समुह एफमा जापान र कतारको २-२ खेलपछि समान ६ अंक भएको छ भने अंकविहिन रहेका नेपाल र मंगोलियाको छनौटको सम्भावना समाप्त भएको छ ।

अब नेपालले अर्को खेल मंगोलियासँग सोमबार खेल्ने तालिका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *