इङल्याण्डविरुद्ध टेस्ट सिरिजमा पाकिस्तान २-१ ले विजयी

डिसी नेपाल
१० कार्तिक २०८१ १४:०९

काठमाडौँ । पाकिस्तानले इङल्याण्डविरुद्धको टेस्ट सिरिज जितेको छ । जारी सिरिजको तेस्रो टेस्ट पाकिस्तानले ९ विकेटले जितेर सिरिजले २-१ ले जितेको हो ।

इङल्याण्ड दिएको ३६ रनको लक्ष्य पछाएको पाकिस्तानले एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस टेस्टमा पहिलो इनिंगमा इङल्याण्डले २६७ रन बनाएको थियो भने पाकिस्तानले पहिलो इनिंगमा ३४४ रन बनाएको थियो । त्यसपछि इङल्याण्डले दोस्रो इनिंगमा केवल ११२ रन बनाएर अल आउट भएपछि पाकिस्तानले ३६ रनको लक्ष्य पाएको थियो ।

यस सिरिजमा पाकिस्तानका साजिद खान प्लेयर अफ द सिरिज बनेका थिए । उनले यस सिरिजका २ खेलमा १९ विकेट लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *