विष्णु रिजालको टिप्पणी- माओवादीको ओरालो शृंखला रोकिनेवाला छैन

डिसी नेपाल
१० कार्तिक २०८१ १५:०२

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रको ओरालो शृंखला नरोकिने बताएका छन् ।

माओवादी केन्द्रले आज गरिरहेको खबरदारी जुलुसप्रति टिप्पणी गर्दै नेता रिजालले आजको जुलुशबाट माओवादीको ओरालो शृंखला यहीँ नरोकिने थप प्रस्ट भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- माओवादीको २०६६ मा कथित नागरिक सर्वोच्चताका लागि भएको ‘अनिश्चितकालीन आमहडताल’ पनि देखिएकै/भोगिएकै हो, ‘शहरी जनविद्रोह’ पनि देखिएकै हो । ०७० को निर्वाचनमा शर्मनाक पराजय भएपछिको ‘अदृश्य धाँधलीका विरुद्ध’को आन्दोलन पनि देखिएकै हो । आजको जनप्रदर्शन पनि देखियो । आजको जुलुशबाट थप प्रस्ट भएको छ– माओवादीको ओरालो शृंखला यहीँ रोकिनेवाला छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *