कविता : गुरुको उपासना

राज्यलक्ष्मी खतिवडा
१० कार्तिक २०८१ १८:१३

स्वागतम्, स्वागतम्, स्वागतम्
षडानन्द बाला गुरुलाई गरौं स्वागतम्

गुरुजीको तस्वीरमा फूल सजाएर
स्वागत गरौं, स्वागत् गरौं ताली बजाएर

उनकै चेला हामी सबै गरौं अब ध्यान
ध्यान गर्न सकेउ भने मिल्छ धेरै ज्ञान

स्वागतम्, स्वागतम्, स्वागतम्

षडानन्द बाला गुरुलाई गरौं स्वागतम
भोजपुर जिल्ला दिङ्लाको त्यो गडी गाउँ

जन्म भयो गुरुजीको षडानन्द नाउँ
खोल्नु भयो षडानन्द सस्कृत विद्यालय

छात्र, छात्रा पढ्छन मिली छैन केही भय
स्वागतम्, स्वागतम्, स्वागतम्

षडानन्द बाला गुरुलाई गरौं स्वागतम्
गुरुजीले छात्र बास बनाउनु भो हेर

गरिबका छोरा छोरी पढुन भनेर
धेरै खेतको राख्नु भयो गुठी गुरुजीले

यस्तो काम गर्न कहाँ सक्थे अरुले ?
स्वागतम्, स्वागतम्, स्वागतम्

षडानन्द बाला गुरुलाई गरौं स्वागतम
छात्रवृत्ति दिनु भयो महिना गनेर

गरिवका छोरा छोरीले खाउन भनेर
राम सीता लक्ष्मणको मन्दिर बनाएर

बाहिर पट्टि हनुमान राखे सजाएर
स्वागतम्, स्वागतम्, स्वागतम्

षडानन्द बाला गुरुलाई गरौं स्वागतम
राधा कृष्ण शिवजी र बसाह छन् फेरि

मख्ख पर्छन सबै जना भगवानलाई हेरि
बालाचर्तुदशी मेला लाग्छ दिङ्ला बजार

सङ्गिनी र बालन भजन गाउँछन हजार
स्वागतम्, स्वागतम्, स्वागतम्

षडानन्द बाला गुरुलाई गरौं स्वागतम
पितृ उद्दार हुन्छ भनी दीप जलाएर

जाग्राम बस्छन रात भरि मन्दिर सजाएर
वरि परि पर्खाल घेरी लाए बगैंचा

बगैंचाको विच, बिचमा राखे फलैचा
स्वागतम्, स्वागतम्, स्वागतम्

षडानन्द बाला गुरुलाई गरौं स्वागतम
जलकमल, स्थल कमल कटहरचम्पा बेली

कनकचम्पा,जुही, जाई फूले चमेली
मयुर नाच्छन छम छमी प्वाँख खोली , खोली

गुरुजीले बनाउनु भो ठूलो हवेली
स्वागतम्, स्वागतम्, स्वागतम्

षडानन्द बाला गुरुलाई गरौं स्वागतम
गायत्रीको पुरश्चरण गर्नु भयो हेर

गायत्रीकै शक्ति मिल्यो गुरुजीलाई धेर
ढुङ्गा छोए पैसा बन्ने माटो छोए हिरा

सबको इच्छा पूरा गरी हटाइ दिए पीर
स्वागतम्, स्वागतम्, स्वागतम्

षडानन्द बाला गुरुलाई गरौं स्वागतम
ब्रम्हस्थल बन्यो हेर त्यो दिङ्ला गाउँ

देश विदेश फैलिरहोस गुरुजीको नाउँ
चैत्रे दशै लाग्छ फेरि रामनवमी मेला

सीता रामको दर्शन गर्न हुन्छन् सबै भेला
स्वागतम्, स्वागतम्, स्वागतम्

षडानन्द बाला गुरुलाई गरौं स्वागतम
सक्तिनँ म गुरुजीको वर्णन धेरै गर्न

गायत्री माता शक्ति देउ हाम्लाई पार तर्न
म हूँ एक अवला र अशिक्षित नारी

गुरुजीको स्मरण गर्दै हुन्छु विदा वारी
स्वागतम्, स्वागतम्, स्वागतम्
षडानन्द बाला गुरुलाई गरौं स्वागतम ।

सुन्दरहरैंचा-६,दुलारी मोरङ

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *