एल क्लासिकोमा बार्सिलोनाको शानदार जित

डिसी नेपाल
११ कार्तिक २०८१ ६:३८

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको बार्सिलोनाले जितेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको घरेलु मैदानमा भएको यो खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा बार्सिलोनाले शानदार प्रदर्शन गरेको थियो।

बार्सिलोनाले दोस्रो हाफमा ४ गोल गर्दै रियल म्याड्रिडलाई दबाबमा राखेको थियो। जितको क्रममा बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्कीले २ गोल गरेका थिए भने लामिन यमल र राफिन्हाले एक एक गोल गरेका थिए।

यो जितपछि ला लिगामा बार्सिलोनाले रियल म्याड्रिडमाथि ६ अंकको स्पष्ट अग्रता हासिल गरेको छ। बार्सिलोनाको ११ खेलमा ३० अंक भएको छ भने रियल म्याड्रिडको ११ खेलमा २४ अंक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *