मिसेल ओबामाले कमला ह्यारिसको लागि पहिलो पटक चुनाव प्रचार गरिन्

डिसी नेपाल
११ कार्तिक २०८१ १२:२०

काठमाडौं । अमेरिकाकी पूर्व प्रथम महिला तथा पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल ओबामाले पहिलो पटक कमला ह्यारिसको पक्षमा चुनावी प्रचार गरेकी छिन् ।

डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको चुनावी अभियानमा पहिलो पटक सहभागी हुँदै मिसेल ओबामाले अमेरिकीहरूलाई देशको रक्षाका लागि मतदान गर्न अपिल गरेकी छन् ।

मिशेल ओबामाले डोनाल्ड ट्रम्पको धम्कीबाट देशलाई जोगाउन आफ्नो मत दिनुपर्ने बताइन् ।

ओबामाले अमेरिकी चुनावमा ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा रहेको पनि स्वीकार गरेकी छन् ।

मिशिगनको अर्को कार्यक्रममा डोनाल्ड ट्रम्पले राज्यको अटोमोटिभ क्षेत्रमा नयाँ सास फेर्ने बताए। यससँगै ट्रम्पले मिशिगनमा अरब-अमेरिकी समुदायलाई भेटे।

भेटपछि ट्रम्पले भने, “अरब-अमेरिकी समुदायले चुनाव परिवर्तन गर्न सक्छ।” मिशिगनमा ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने पनि सर्वेक्षणले देखाएको छ ।

तर, मिशिगनमा ह्यारिस रिपब्लिकन उम्मेदवार ट्रम्पभन्दा अगाडि छन् । यद्यपि यो भिन्नता एकदम सानो छ। मिशिगनसँग १५ इलेक्टोरल कलेज भोटहरू छन् र यो राज्यले कुनै पनि उम्मेद्वारलाई निर्णायक नेतृत्व दिन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *