प्रचण्डलाई ओलीको जवाफ- आफूहरुले हतियार नचलाए पनि बिसाउन लगाउन आउँछ

डिसी नेपाल
११ कार्तिक २०८१ १२:४१

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको बताएका छन्।

आइतबार काठमाडौंमा गैह्रआवासीय नेपाल संघ (एआरएन) द्वारा आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौं’ भनेर कुनै धम्की नदिन प्रचण्डलाई सुझाव समेत दिए।

शनिबार काठमाडौंमा आयोजित खवरदारी सभामा प्रचण्डले हतियार मात्रै बिसाएको र चलाउन भने नबिर्सिएको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको जवाफ दिँदै प्रधानमन्त्री ओलीले माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको आरोप लगाए।

त्यस्तै प्रधानमन्त्री ओलीले बितेका केही वर्षहरुमा संघको छवि कमजोर हुँदै गएको भन्दै संघलाई गैर आवासीयहरुको साझा संस्था बनाउन सरकारको तर्फबाट पूर्ण सहयोग हुने जिकिर गरे।

संघलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न उनले आग्रह गरे। उनले सरकारको तर्फबाट संघलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न समेत सुझाव दिए।

उनले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने धारणा राखे। प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कञ्जुस्याईँ नगर्ने पनि स्पष्ट गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *