इजरायली र चरमपन्थी आक्रमणमा सुरक्षाकर्मीको मृत्यु भएपछि इरानी राष्ट्रपतिले के भने ?

डिसी नेपाल
११ कार्तिक २०८१ १३:३७

काठमाडौं । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानसँग सीमा जोडिएको क्षेत्र तफ्तानमा भएको चरमपन्थी हमला र इजरायली आक्रमणमा मारिएका सुरक्षाकर्मीप्रति दुःख व्यक्त गरेका छन् ।

इरानी राष्ट्रपतिले शनिबार राति सामाजिक सञ्जाल ‘एक्स’ मा एक पोस्टमा लेखेका छन्, ‘इरानका सन्तानले मातृभूमिको रक्षामा आफ्नो ज्यान गुमाएका छन् । म ती बहादुर सैनिक र पुलिसकर्मीहरूको शहीदमा मेरो समवेदना व्यक्त गर्दछु।”

इरानी राष्ट्रपतिले लेखेका छन् – इरानका शत्रुहरूलाई थाहा हुनुपर्छ कि यी मानिसहरू आफ्नो मातृभूमिको रक्षामा साहसका साथ खडा छन्।

इरानमाथि इजरायलको आक्रमणमा चार सुरक्षाकर्मीको मृत्यु भएको छ । यसै क्रममा इरानको तफ्तानमा प्रहरी गस्तीमा भएको आक्रमणमा १० प्रहरीको मृत्यु भएको छ । तफ्तान क्षेत्र पाकिस्तानको सिमाना नजिक छ।

चरमपन्थी संगठन जैश-अल-अदलले यस हमलाको जिम्मेवारी लिएको छ।

जैश-अल-अदलले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको छ र भन्यो, “तफ्तान शहरको गोहरकोहमा फर्जा जबर बलको गस्ती इकाईलाई निशाना बनाइएको थियो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *