पहिलो हाफमा भुटानविरुद्ध बंगलादेशको ५-१ गोलको अग्रता

काठमाडौं। साफ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनल खेल दशरथ रंगशालामा जारी रहेको छ। खेलको पहिलो हाफमा बंगलादेशले भुटानविरुद्ध ५-१ गोलको अग्रता लिएको छ।
बंगलादेशका लागि सबिना खातुन र तोहुरा खातुनले २-२ गोल गरेका थिए भने ऋतु पुर्ण चक्माले एक गोल गरेकी थिइन्।
त्यस्तै भुटानका लागि डेकी लहाजोमले एक गोल गरेकी थिइन्।
प्रतिक्रिया
Facebook Comment