एनपीएलमा इङल्याण्डका लुक बेनकेनस्टिन चितवनबाट खेल्ने

डिसी नेपाल
११ कार्तिक २०८१ १७:३९

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले इङल्याण्डको यु-१९ टिमका लुक बेनकेनस्टिनलाई भित्र्याएको छ। १९ वर्षीय अलराउन्डर लुकलाई एनपीएलका लागि भित्र्याएको चितवनले जानकारी दिएको हो।

लुक चितवनले भित्र्याएका दोस्रो विदेशी खेलाडी हुन्। यसअघि चितवन राइनोजले दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्जलाई अनुबन्ध गरेको थियो। चितवनको मार्की खेलाडीमा कुशल मल्ल रहेका छन्।

आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ।

अहिले सम्झौता भएका खेलाडीः

काठमाडौं गुर्खाज

नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
नामिबियाका अलराउन्डर जेरार्ड इरासमस

लुम्बिनी लाइन्स

इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज

जनकपुर बोल्ट्स

न्यूजील्याण्डका जिम्मी निशाम
अमेरिकाका जोसुआ ट्रोम्प

पोखरा एभेन्जर्स 

वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस

सुदूरपश्चिम रोयल्स

स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
पाकिस्तानका ब्याटिंग अलराउण्डर सैफ जैब

विराटनगर किंग्स

ओमानका कप्तान आकिब इलियास

कर्णाली याक्स

पाकिस्तानका अल राउण्डर हुसैन टलात

चितवन राइनोज

दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज
इङल्याण्डका लुक बेनकेनस्टिन




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *