बराबरीमा रोकिए आर्सनल र लिभरपुल, सिटीलाई फाइदा

डिसी नेपाल
१२ कार्तिक २०८१ ८:०६

काठमाडौँ । आर्सनल र लिभरपुल बराबरीमा रोकिएका छन् ।

इङलिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा आर्सनल र लिभरपुल २-२ गोलको बराबरीमा रोकिएका हुन् ।

यस खेलमा आर्सनलका लागि बुकायो साका र मिकेल मेरिनोले एक एक गोल गरेका थिए भने लिभरपुलका लागि भिर्गिल भान डाइक र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

यो बराबरीको फाइदा भने म्यानचेस्टर सिटीलाई भएको छ । लिभरपुल बराबरीमा रोकिएसँगै सिटी लिगको शिर्ष स्थानमा कायम रहेको छ । सिटीको ९ खेलमा २३ अंक रहेको छ ।

त्यस्तै यो बराबरीपछि लिभरपुलको ९ खेलमा २२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ भने आर्सनलको ९ खेलमा १८ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *