गाजामा युद्धविराम गराउन दोहामा वार्ता शुरु

डिसी नेपाल
१२ कार्तिक २०८१ ९:२१

काठमाडौँ । इजरायल र हमासबीच कतारको दोहामा युद्धविराम बारे बार्ता शुरु भएको छ ।

सिएनएनका अनुसार अमेरिका र कतारसहितका उच्च कुटनीतिज्ञको उपस्थितिमा गाजामा युद्ध विराम बारे बार्ता भइरहेको छ । हमासका सर्वोच्च नेता याहया सिनवार मारिएपछि अमेरिकाले युद्धविरामको पहल गर्दै आएको थियो ।

पछिल्लो दुई महिनामा यस किसिमको वार्ता भएको यो पहिलो पटक हो ।

यस वार्तामा इजिप्टले पनि महत्वपूर्ण भूमिका खेलिरहेको बताइएको छ । इजिप्टले यस अघि नै दुई दिनको युद्ध विरामको प्रस्ताव गर्दै इजरायलले प्यालेस्टाइन कैदीको रिहा गरेमा हमासले चार इजरायली बन्दकलाई रिहा गर्ने बताएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *