ट्रम्पले फेरी दिए ‘अमेरिका फर्स्ट’ को नारा

डिसी नेपाल
१२ कार्तिक २०८१ ९:४९

काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावको प्रचारप्रसार अहिले लगभग अन्तिम चरणमा पुगेको छ ।

चुनावी अभियानलाई ध्यानमा राख्दै रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कमा ठूलो र्‍याली गरेका छन् ।

र्‍यालीमा सम्बोधन गर्दै रिपब्लिकन उम्मेदवारले आफ्नो पुरानो नारा ‘अमेरिका फर्स्ट’ दोहोर्याएका छन् ।

सन् २०१६ मा ट्रम्प पहिलो पटक राष्ट्रपति बनेपछि उनले ‘अमेरिका फर्स्ट’को नारा दिएका थिए । यसबाहेक ट्रम्पले सन् २०२० को अमेरिकी चुनाव पनि यही नाराका साथ लडेका थिए ।

आफ्नो सम्बोधनमा ट्रम्पले अमेरिकालाई सुरक्षित, स्वच्छ र सुन्दर बनाउने वाचा गरेका थिए । उनले अमेरिकी बालबालिकालाई देशको झण्डाको सम्मान गर्न सिकाउने पनि बताए ।

अमेरिकीहरूलाई बन्दुक राख्ने अधिकार दिने अमेरिकी संविधानको दोस्रो संशोधन पनि खतरामा रहेको ट्रम्पले बताएका छन् ।

पछिल्ला मत सर्वेक्षणमा ट्रम्प र डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिशबीच कडा प्रतिष्पर्धा देखिएको छ । धेरै जसो सर्वेक्षणले दुवै बराबरीको अवस्थामा रहेको देखाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *