रहस्यमय च्याउ खाएर होस गुमाउँदा बञ्चरोले आफ्नै गुप्तांग काटिदिएपछि…

डिसी नेपाल
१२ कार्तिक २०८१ १०:३६

काठमाडौं । प्रकृतिले हामीलाई मानव स्वास्थ्यको लागि धेरै फाइदाजनक चीजहरू दिएको छ। तर यस संसारमा केहि यस्ता चीजहरू छन् जसको प्रबावले मानिसले आफ्नो होश गुमाउँछ। यस्तै एउटा घटना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ

एक व्यक्तिले साइकेडेलिक च्याउ खाएर होस गुमाउँदा निकै ठूलो गल्ती गरे जसका कारण उनी अब जीवनभर पछुताउनु पर्नेछ । साइकेडेलिक च्याउलाई मानिसहरू ‘जादुई च्याउ’ पनि भन्छन्। यो च्याउ खाएपछि यसको प्रभावले मानिसले होस गुमाउँछ । अस्ट्रियाका एक व्यक्तिले पनि यो च्याउ खाएका थिए ।

वास्तवमा यी व्यक्तिले संयोगवश साइकेडेलिक च्याउ खाए। त्यसपछि उनको शरीरमा यसको प्रभाव देखिन थाल्यो । अवस्था यति बिग्रियो कि उनले बञ्चरोले आफ्नो गुप्तांग काटिदिए । सौभाग्यको कुरा डाक्टरहरूले शल्यक्रिया गरेर अंग पुनः जोडेर उनको ज्यान बचाए।

यी व्यक्ति छुट्टीको समयमा आफ्नो घरमा एक्लै थिए। घरमा एक्लै बस्दा घर नजिकै उब्जाएको च्याउ खान्थे । सुरुमा अवस्था ठिक थियो तर बिस्तारै यसको असर देखिन थाल्यो । उनको सोच्ने र बुझ्ने क्षमता हराएको थियो।

उनलाई संसारमा एक्लै छु र अर्को संसारको यात्रामा जानुपर्छ जस्तो लाग्न थाल्यो । त्यही क्रममा उनले बञ्चरो लिएर आफ्नै गोप्य अंगमा आक्रमण गरे । पीडाले चिच्याउदै उनी बेहोस भए । केही यात्रुले उनलाई सहयोग गरे र डाक्टरकहाँ लगे ।

यी च्याउमा साइलोसाइबिन नामक यौगिक हुन्छ, जसले मानव मस्तिष्कलाई असर गर्छ र मानिसको सोच्ने र बुझ्ने क्षमतालाई नष्ट गर्छ। यी च्याउ धेरै संस्कृतिहरूमा धार्मिक र आध्यात्मिक उद्देश्यका लागि प्रयोग गरिन्छ।

भर्खरैका अध्ययनहरूले यी च्याउहरूहरू मानसिक स्वास्थ्य समस्याहरू जस्तै डिप्रेसन, तनाव र पीटीएसडीको उपचारमा प्रयोग गर्न सकिने देखाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *