सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीश र राजदूत लम्सालको सुनुवाइ कात्तिक १४ मा हुने

डिसी नेपाल
१२ कार्तिक २०८१ १४:००

काठमाडौं। बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको संसदीय सुनुवाइ यही कात्तिक १४ गते हुने भएको छ।

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको सुनुवाइ आउँदो बुधबार एकैदिन गर्ने निर्णय गरेको हो।

बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल परराष्ट्र सचिव छिन्। सर्वोच्चमा सिफारिस निरौला उच्च अदालत पाटन र पाण्डे तुलसिपुर उच्च अदालतका मुख्य न्यायाधीश हुन्।

समितिको अर्को बैठक आगामी कार्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *