ममता नेपालीको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक

डिसी नेपाल
१३ कार्तिक २०८१ ११:०६

काठमाडौं। ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ। ममतालाई टेक विसीले स्वरमा साथ दिएको छ भने गीतमा भीम विसीको शब्द र संगीत, केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको छ।

विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफ रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर घलानलाई फिचरिङ गरिएको छ। पवन सुशलिङ र टिमको छायांकन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर रहेको छ। गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ।

‘हामी सबैको मिहिनेतले एउटा राम्रो सिर्जना दर्शक-श्रोतामाझ ल्याएका छौं, सबैले मन पराइदिनुहुन्छ भन्नेमा आशावादी छौं’, संगीतकार भीमले भने। ममता नेपालीको औपचारिक रूपमा सार्वजनिक यो पहिलो सार्वजनिक गीत हो । यस गीतलाई लिएर आफू निक्कै आशावादी भएको उनले बताए।

बुवा मदन र आमा मञ्जु नेपालीको कोखबाट कञ्चनपुरको गुलरियामा जन्मिकी ममता सानैदेखि गीत संगीतमा रुची राख्थिइन्। उनी यतिवेला पढाइको सिलसिलामा काठमाडौं बस्दै आएकी
छन्। ‘यो सार्वजनिक गीत मेरो आफ्नो भन्दा पनि बाढी आमाको र स्वर्गीय मामाको सपना थियो जुन अहिले पूरा गर्ने सानो प्रयास गरेकी छु’, ममता भन्छिन्।

गीतको भिडियो साइराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *