धनतेरसको अवसरमा अवश्य किन्नुहोस यी तीन चीज
काठमाडौं। धनतेरसको दिन किनमेल गर्ने चलन पुरानो नै हो । हिन्दु धर्ममा यो पर्वको ठूलो महत्व छ। यस दिन ऐश्वर्य र सम्पन्नताका देवता भगवान धन्वंतरीको पूजा आराधना गरिन्छ ।
यस दिन किनमेल गर्नु निकै शुभ मानिन्छ । यस दिन अधिकांशले सुनचाँदीका गरगहना वा अन्य कुनै वस्तु खरिद गर्नलाई प्राथमिकता दिन्छन्, तर यसबाहेक पनि यस पर्वमा किन्न सकिने केही चीजहरू छन्।
यी चिज किन्दा घरमा सुख–समृद्धि आउने विश्वास छ । तर धेरै कमलाई थाहा छ कि धनतेरसको अवसरमा तीन चीजहरू किन्नु सबैभन्दा शुभ मानिन्छ।
नयाँ भाँडाहरूः धनतेरसको दिन नयाँ भाँडाकुँडा किन्नु धेरै शुभ मानिन्छ। यसले घरमा समृद्धि र सौभाग्य ल्याउँछ। यस दिन चाँदी, स्टिल, पीतल वा तामाबाट बनेका भाँडाकुँडा किन्न सक्नुहुन्छ। यसो गर्दा जीवनभर समृद्धि प्राप्त हुन्छ।
सुन वा चाँदीको गहनाः धनतेरसको दिन सुन वा चाँदीका गहना किन्नु पनि धेरै शुभ मानिन्छ। यसो गर्दा घरमा ऐश्वर्य र समृद्धि कायम रहन्छ । दुवै कुरा राम्रो लगानी पनि मानिन्छ। गहना बाहेक, तपाईं यस दिन सुनको सिक्का वा बिस्कुट पनि किन्न सक्नुहुन्छ।
पीतलका भाँडाहरूः धनतेरसको दिन धेरै मानिसहरूले काँसाका भाँडाहरू पनि किन्छन्। यो अत्यन्त शुभ मानिन्छ। यसो गर्दा घरमा समृद्धि कायम रहन्छ । तपाईं पीतल भाँडा, पीतल प्लेट वा अन्य चीजहरू किन्न सक्नुहुन्छ। यसका साथै यस दिन धेरैले झाडू किन्ने गर्छन् ।
धनतेरसमा यी चीजहरू पनि किन्न सक्नुहुन्छ:
-चाँदी, तामा, पीतल, माटो, काठ वा संगमरमरबाट बनेको भगवानको मूर्तिहरू।
-गोमती चक्र
– इलेक्ट्रोनिक सामानहरू
-कुचो
-कार-बाइक जस्ता सवारी साधनहरू
धनतेरसमा किनमेल गर्नु अघि ध्यान दिनुहोस्
-आफ्नो आवश्यकता र बजेट अनुसार मात्र किनमेल गर्नुहोस्।
-किनमेल गर्दा आफुलाई मन परको कुरा खुसी भएर किन्नुहोस्
-किनमेल गर्न सही ठाउँ छान्नुहोस्।
-किनमेलपछि, आफ्नो घरमा समृद्धिको लागि प्रार्थना गर्नुहोस्।
Facebook Comment