रुबी खान र सरकारबीच तीन बुँदे सहमति

डिसी नेपाल
१३ कार्तिक २०८१ १८:०३

काठमाडौं। बाँकेकी निर्माला कुर्मीलाई वेपत्ता बनाउने र सम्पत्ति हडप्न खोज्नेलाई कारबाही गर्न माग गर्दै आन्दोलनमा होमिएकी अभियन्ता रुबी खान र सरकारबीच तीन बुँदे सहमति भएको छ।

मंगलबार गृहमन्त्रालय र खानबीच सहमति भएको हो । सो सहमतिसँगै रुबीको आन्दोलन तत्कालका लागि स्थगीत भएको छ।

सहमतिअनुसार कुर्मी प्रकरणको शीघ्र निरुपणका लागि प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने निर्णय भएको छ। योसँगै खानसहितका महिलाहरुले गरेको आन्दोलन स्थगित भएको हो।

मंगलबार भएको बैठकपछि भएको सहमतिपत्रमा मन्त्रालयको तर्फबाट उपसचिव दिलकुमार तामाङ र खानले हस्ताक्षर गरेका छन्। ०७६ मा निर्मलाको शंकास्पद मृत्यु भएको थियो। मृत्युपछि उनको सम्पत्ति हिनामिना भएको थियो।

कुर्मीको मृत्यु र उनको सम्पत्ति हिनामिनाबारे प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाइसकेको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले मुद्दालाई अदालतमा पुर्‍याएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *