१० वर्षदेखि प्रहरीलाई आवश्य हतियार छैन, खरिद गर्ने कुनै सुरसार छैन

डिसी नेपाल
१४ कार्तिक २०८१ ११:२६

काठमाडौं। अपराध अनुसन्धान र आन्दोलनमा खटिरहेने प्रहरीलाई हतियार अभाव भएको १० वर्ष हुँदा पनि खरिद गर्ने कुनै सुरसार छैन।

नेपाल प्रहरीमा हातहतियारको अभाव हुन थालेको करिब १०वर्षपछि पनि खरिद गर्ने अवस्था नहुँदा प्रहरीले अश्रुग्यास पनि सापटी लिनुपर्ने अवस्था छ।

अश्रुग्यास लगायतका समाग्रीहरु सेना र सशस्त्र प्रहरीसँग सापटी मागेर चलाउनु पर्ने अवस्था रहेका बेला नेपाली सेनालाई भने सरकारले हतियार खरिदका लागि प्रकृया अघि बढाउन सुरक्षा परिषदबाटै अनुमोदन गराइएको छ।

२०७० सालपछि नेपाल प्रहरीले चाहजस्तो र आवश्यक पर्ने हतियार खरिद गर्न पाएको छैन। तर नेपाली सेनाले यो अवधिमा दर्जनौं पटक सैन्य सामाग्री खरिद गरिसकेको छ।

दुई वर्ष अघि नेपाल प्रहरीका लागि ८४ करोड रुपैयाँ बराबरको हतियार तथा भिड नियन्त्रण सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो। नेपाल प्रहरीले सात वर्ष अघिदेखि हतियार खरिद नभएको भन्दै एक अर्ब ३५ करोड रुपैयाँ बराबरको हतियार तथा गोलीगठ्ठा खरिद गर्ने प्रस्ताव गरेको थियो।

अहिले पनि राष्ट्रिय सुरक्षा परिषद्ले नेपाली सेनालाई चाहिने हात हतियार, खरखजना र सैन्य सामग्री खरिद गर्न प्रस्ताव गरेको छ। गत आइतबार बसेको परिषद्को बैठकले सेनालाई सैन्य सामग्री खरिद गर्न प्रस्ताव गरेको रक्षा सचिव रामेश्वर दंगालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृति दिए सेनालाई हतियार खरिद गर्न बाटो खुल्छ। सुरक्षा परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ भने रक्षा, गृह, परराष्ट्र, अर्थ, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहन्छन्। त्यस्तै रक्षा सचिव परिषद्को सदस्यसचिव रहने गर्दछन्।

दुई वर्ष अघि नेपाल प्रहरीका लागि ८४ करोड रुपैयाँ बराबरको हतियार तथा भिड नियन्त्रण सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो। नेपाल प्रहरीले सात वर्ष अघिदेखि हतियार खरिद नभएको भन्दै एक अर्ब ३५ करोड रुपैयाँ बराबरको हतियार तथा गोलीगठ्ठा खरिद गर्ने प्रस्ताव गरेको थियो।

तर सरकारले यो आर्थिक वर्षको अन्त्यतिर प्रहरीलाई हतियार खरिदका लागि ८४ करोड रुपैयाँ रकमान्तर गरिदिएको थियो। सो विषय सार्वजनिक भएपछि रोकिएको थियो। तर नेपाली सेनाले भने दुई वर्षभित्रमै अरबौं रुपैयाँको सैन्य सामाग्री खरिद गरिसकेको छ।

प्रहरीले १२ बोर हतियारबाहेक इटालीको बेर्रेटा कम्पनीको एक हजार वटा पेस्तोल, २५ हजार अश्रुग्याँस, ११५० वटा फोल्डिङ सर्ट गन र १० लाख प्लास्टिकका गोली खरिद प्रक्रिया पनि अघि बढाएको थियो। विभिन्न हतियारमा लाग्ने ५ लाख गोली चाहिँ प्रहरीले नेपाली सेनाबाट खरिद गरेको थियो।

प्रहरीले प्रति गोटा सर्टगनका लागि २१०० डलर र ६ एमएमको पेस्तोलका लागि प्रति गोटा ६९९ डलर खर्च गर्ने जनाएको थियो। तर यी सबै प्रकृया अहिलेसम्म रोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *