नेपाल र बंगलादेशबीचको फाइन खेल हेर्न विहानैदेखि टिकट लिनेको लाइन

डिसी नेपाल
१४ कार्तिक २०८१ १२:०२

काठमाडाैं। दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को फाइनलमा आज बंगलादेश र नेपाल भिड्दैछन्।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ पौने सात बजे सुरु हुने छ। खेलका लागि एन्फाले भौतिक रुपमा नै बुधबार टिकट बिक्री बितरण गरेको छ।

अनलाइनबाट टिकट बिक्री गर्दा समस्या भएको र क्षमता भन्दा बढी बिक्री भएको पाइएपछि एन्फा आफैंले बुधबार बिहानैबाट टिकट बिक्री गरेको हो। फाइनल खेल हेर्नका लागि टिकट लिनका लागि दर्शकहरु रातीदेखि नै लाइनमा लागेका थिए।

जावलाखेल खेल मैदान र भद्रकालीको स्थिति आर्मी हेडक्वाटर पछाडि सयौं दर्शकहरु टिकट काट्नका लागि लाइन बसेका थिए।

फाइनल खेलमा सुरक्षालाई ध्यानमा राख्दै एन्फाले केही बस्तु दशरथ रंगशाला भित्र लान निषेध गरेको छ। प्रहरीले लाइनमा लागेका दर्शकहरुलाई माइकिङ गरेर दशरथ रंगशाला प्रवेश प्रतिबन्धित सामग्रीहरुका बारेमा जानकारी गराएका थिए। फाइनल खेलमा पानीको बोतल समेत निषेध गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *