स्पेनमा भीषण वर्षाका कारण आएको बाढीमा परी धेरैको मृत्यु
काठमाडौं । भारी वर्षाका कारण युरोपेली देश स्पेनका धेरै क्षेत्र डुबानमा परेका छन् ।
भ्यालेन्सिया सहरमा अवस्था गम्भीर छ। यसका नेता कार्लोस म्याजोनले भने, “शवहरू फेला परेका छन् तर तिनीहरूको बारेमा थप जानकारी साझा गर्न सकिँदैन।”
पूर्वी प्रान्त अल्बासेटेमा ६ जना हराइरहेको अधिकारीहरूले बताएका छन्। यहाँको जनसंख्या १ हजार भन्दा कम छ ।
राहत र उद्धार कार्य जारी रहेको र रातभर बाढी प्रभावितलाई बचाउने प्रयास गरिएको थियो ।
सामाजिक सञ्जालमा बाढीसँग सम्बन्धित धेरै भिडियो शेयर भएका छन् । जसमा सडकमा सवारीसाधन पानीमा डुबेको देखिन्छ ।
बाढीमा फसेका सयौं मानिसहरूले रेडियो र टिभी स्टेशनहरूलाई मद्दतको लागि कल गरिरहेका छन्। कोही आफैं बाढीमा फसेका छन् त कोही आफन्तका लागि सहयोगको याचना गरिरहेका छन् ।
कतिपय क्षेत्रमा आपतकालीन सेवा समेत उपलब्ध छैन । स्थानीय अधिकारी मिलाग्रोस टोलानले स्पेनको सरकारी टेलिभिजनलाई बेपत्ता व्यक्तिहरूको खोजी गर्न ड्रोनको प्रयोग भइरहेको बताए।
स्पेनको मौसम एजेन्सीले भ्यालेन्सिया सहरमा दोस्रो उच्च सतर्कता जारी गरेको बताएको छ ।
भ्यालेन्सिया सिटी हलले भन्यो – सबै स्कूलहरू बुधबारसम्म बन्द छन् र खेलकुद कार्यक्रमहरू स्थगित गरिएको छ। सबै पार्क पनि बन्द गरिएको छ ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा भने – उनी बेपत्ता व्यक्ति र बाढीबाट भएको क्षतिको रिपोर्ट हेरिरहेका छन्।
सान्चेजले मानिसहरूलाई प्रशासनको सल्लाह पालना गर्न आग्रह गरे। साथै उनले अनावश्यक यात्रा नगर्न पनि आग्रह गरे ।
Facebook Comment