लेबनानमा युनिफिल सेनामाथि रकेट आक्रमण, ८ शान्ति सैनिक घाइते
काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनिफिल) का आठ अस्ट्रियाली सैनिक नाकोउरास्थित फोर्सको मुख्यालयमा रकेट आक्रमण हुँदा घाइते भएको अस्ट्रियाको रक्षा मन्त्रालयले मंगलबार जनाएको छ।
युनिफिल दक्षिणी लेबनानमा इजरायलसँग सीमारेखाको साथ शत्रुताहरू निगरानी गर्न तैनाथ गरिएको छ। दिउँसो युनिफिलको मुख्यालय नाकोउरामा रकेट प्रहार हुँदा गाडीको वर्कशपमा आगलागी भएको मन्त्रालयले जनाएको छ । त्यसबेला शान्ति सैनिकहरू बंकरहरूमा थिएनन्।
आक्रमणमा केही शान्ति सैनिकहरू घाइते भएका छन्। यद्यपि कोही पनि गम्भीर घाइते भएनन्। रकेट युनिफिलको मुख्यालयको उत्तरबाट प्रहार गरिएको थियो । रकेट सम्भवतः हिज्बुल्लाह वा सम्बद्ध समूहले प्रहार गरेको अनुमान छ ।
अस्ट्रियाले घटनाको अनुसन्धान सुरु गरेको छ । शान्ति सेनामाथिको कुनै पनि जानाजानी आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुन र संकल्प १७०१ को गम्भीर उल्लङ्घन भएको पनि अस्ट्ियाले बताएको छ ।
“हामी यस हमलाको कडा निन्दा गर्दछौं र यसको तुरुन्त अनुसन्धान गर्न माग गर्दछौं। यो आक्रमण कहाँबाट भएको हो भन्ने स्पष्ट छैन र कुनै सैनिकलाई तत्काल चिकित्सा उपचार आवश्यक पर्दैन,” मन्त्रालयले एक विज्ञप्तिमा भन्यो।
Facebook Comment