म्यानचेस्टर सिटी कारबाओ कपबाट बाहिरियो

काठमाडौं। म्यानचेस्टर सिटी कारबाओ कपबाट बाहिरिएको छ।
गएराति सम्पन्न राउण्ड १६ को खेलमा म्यानचेस्टर सिटी टोटनह्यामसँग २-१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
टोटनह्यामको जितमा टिमो वेर्नर र पापे मटार सारले एक एक गोल गरेका थिए भने सिटीका लागि माथ्युस नुनेजले एक गोल गरेका थिए। यो जितपछि अब टोटनह्यामले क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्ने भएको छ।
प्रतिक्रिया
Facebook Comment