रुसमा गुगललाई विश्वको जीडीपीको ६२० गुणाबढी जरिवाना

डिसी नेपाल
१५ कार्तिक २०८१ ९:२६

काठमाडौं। रुसी अदालतले गुगललाई २० ट्रिलियन डलर जरिवाना लगाएको छ। यो रकम सम्पूर्ण विश्वको जीडीपीको ६२० गुणा बढी हो। यसको अर्थ विश्वका सबै देशको जीडीपी ६२० गुणा जोड्दा मात्रै यो रकम जम्मा हुन सक्छ।

गुगलले २०२० मा १७ प्रो-रूसी यूट्यूब च्यानलहरू प्रतिबन्ध लगाएको थियो। यसविरुद्ध च्यानलहरूले अदालतमा मुद्दा दायर गरेका थिए। सन् २०२० मा सुनुवाइ गर्दै अदालतले च्यानलमाथिको प्रतिबन्ध फुकुवा नभएसम्म दैनिक १ लाख रुबल (रुसी मुद्रा) जरिवाना गरेको थियो।

यसका लागि ९ महिनाको समय दिइएको थियो । यस अवधिमा कम्पनीले जरिवाना नतिरेमा हरेक २४ घण्टामा दोब्बर हुने बताइएको थियो। अहिले यो जरिवाना २० ट्रिलियन डलर पुगेको छ।

गुगललाई २०२२ मा रूसमा दिवालिया घोषित गरिएको थियो, तर गुगलको सर्च इन्जिन र युट्युब जस्ता सेवाहरू अझै पनि रूसमा उपलब्ध छन्। रूसले एक्स र फेसबुकलाई पनि प्रतिबन्ध लगाएको छ, तर गुगलमा यो प्रतिबन्ध अझै लगाइएको छैन । तर, गुगलले रुसमा आफ्नो सेवा भने घटाएको छ।

यति ठूलो जरिवाना संसारको कानुनी इतिहासमा सबैभन्दा ठूलो जरिवाना मध्ये एक हो। यसले गुगलले आफ्नो सेवामा असर नपर्ने बताएको छ।

पछिल्लो १० वर्षमा विभिन्न देशले गुगललाई कुल १४ अर्ब डलर जरिवाना लगाएका छन्। त्यस्तै बेलायतमा पनि गुगलले डिजिटल विज्ञापन बजारको अनुचित फाइदा उठाएको आरोप लागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *