चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ: गृहमन्त्री लेखक

डिसी नेपाल
१६ कार्तिक २०८१ १६:५७

काठमाडौं। गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व पनि रहेको बताएका छन्। शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दिपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चाड पर्वले परिवार र समाजलाई जोड्ने काम गरेको बताएका हुन्।

उनले भने, ‘मान्छेले बसाइसराइ गर्ने भएकाले कामका कारण मान्छेहरु टाढा टाढा हुनुपर्छ। चाडपर्व नमनाए परिवारमा दुरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्यो। चाड पर्वले मान्छेलाई नजिक ल्याउँछ।  यसको समाजिकसँगै मानवीय पनि महत्त्व छ।’

उनले एउटा परिस्कृत समाज निर्माणका लागि जरुरी भन्दै चाडपर्वको अवसरमा जमघट र भेलाहरुमा उपस्थित हुने कुराको आफैंमा ठुलो महत्त्व रहेको बताए। उनले ऋषिमुनीहरुले धेरै ठुलो अध्यापन र अनुभवपछि यी पर्वहरुको निर्माण गरेको लेखकले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *