लिग-२ अन्तर्गतको खेलमा युएईमाथि ओमान ६ विकेटले विजयी

काठमाडौं। ओमानले आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा युएईलाई पराजित गरेको छ।
ओमानमा जारी ओमानसहित युएई र नेदरल्याण्डसबीचको त्रिकोणात्मक सिरिज अन्तर्गत शुक्रबार सम्पन्न खेलमा ओमानले युएईलाई ६ विकेटले पराजित गरेको हो।
युएईले दिएको केबल १२८ रनको लक्ष्य पछाएको ओमानले ४३.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले ४१.३ ओभरमा अल आउट हुँदै १२८ रन बनाएको थियो।
यो जितपछि ओमानको लिग–२ मा ९ खेलमा ८ अंक भएको छ र लिगमा छैटौं स्थानमा छ। त्यस्तै युएईको भने ८ खेलमा २ अंक छ र लिगको पुछारमा रहेको छ।
प्रतिक्रिया
Facebook Comment