तेस्रो टेस्टको पहिलो दिन भारतविरुद्ध न्यूजील्याण्ड १४९ रनले अगाडि

डिसी नेपाल
१६ कार्तिक २०८१ १८:२५

काठमाडौं। भारतविरुद्धको तेस्रो टेस्टमा न्यूजील्याण्डले सुखद शुरुवात गरेको छ। खेलको पहिलो दिन टस जितेर पहिला ब्याटिंग गर्दै २३५ रनमा अल आउटभएको न्यूजील्याण्डले भारतका चार ब्याट्सम्यानलाई आउट गरेको छ।

पहिलो दिनको खेल सकिँदा भारतले ४ विकेट गुमाएर ८६ रन बनाएको छ र न्यूजील्याण्डभन्दा १४९ रनले पछाडि रहेको छ।

भारतका यशस्वी जैसवालले ३०, कप्तान रोहित शर्माले १८, मोहमद सिराज शुन्य र विराट कोहली ४ रन बनाएर आउट भएका छन्। न्यूजील्याण्डका बलर एजाज पटेलले २ र माट हेनरीले एक विकेट लिए।

यस अघि न्यूजील्याण्डले पहिला ब्याटिंग गर्दै २३५ रन बनाएर अल आउट भएको थियो। न्यूजील्याण्डका डार्यल मिचेलले ८२ रन बनाए भने विल योंगले ७१ रन बनाए। त्यसैगरी भारतीय बलर रविन्द्र जडेजाले ५, वाशिंटन सुन्दरले ४ र आकाश दीपले एक विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *