लघुकथा: आधुनिक युग !

सुशील लामा
१७ कार्तिक २०८१ ८:४३

तीन बोटुको जाँड खाएर टिल्ल भएर ढलेको छु। दिनलाई सिरानी बनाउँदै आकाश ओढेर। बेफिक्र छु। केही बेरमा बिउँझेको छु। नसाले छ्याँङ्ग छोडेपछि।

बिटुलो हुँदै गरेको युग सँगै ङिच्च दाँत देखाएर भोकाएर जाँडको नसा चढेर मर्न आँटेको जुम्राको हत्या गर्दैछु। म जुम्राको हत्यारा-निरही नाथ्थे जुम्राको। हुत्ती भएको भए राज्यको रगत चुस्नेको गर्न मिल्थ्यो हार्दिक हत्या। तर, म त्यस्तो गर्न सक्दिन।

म लाछीले सक्ने भनेको छिप्पेको घामको रापमा बसेर समय बर्बाद गर्ने हो, त्यो पनि मातेर। काम छैन भनौं कि छ भनौं। गरे छन् काम। गर्दिन बा-आमालाई घुर्केर खाना जानेको छु।त्यसैल त आफ्ना हरुबाट नालायक नाम उपहारमा पाएको छु। -गजबको छ हाम्रो समाज।

धेरै समस्या मध्येको ठूलो समस्या लाई चिंथोरेर रगताम्य बनाउनुमा ठूलो काम ठान्छ। म त्यहीँ समाजको उपज हुँ। समाजले जे गर्छ त्यही हेर्छ। जे हेर्छ त्यही सिक्छ।

अस्ति भर्खर गणतन्त्र दिवसका उपलक्ष्यमा महान ज्यमाराज ज्यानमारा केसबाट उनमुक्ति पाएर उनी छुटेको छ केन्द्रीय कारागारबाट।

आज उनी केही नगरेको निर्दोष मान्छे भन्दापनि छात्ती खोलेर हिँड्दैछ शहर बजारमा। ग्लानी फिटिक्कै देख्दिन अनुहारमा। अभिमान मिस्सेको हाँसो हाँस्दै निर्धक्क बाँचेको छ।

आफ्ना गुमाएर अधमरो जीवन बाँचेका पीडितलाई उनी दिनदिनै पटकपटक मार्दैछ। उनको चुरिफुरीले।

समय बिक्दैछ, समय बिकेर बिश्वासहरु बिश्वब्यापी रुपमा मज्जाले लिलाम हुँदैछ।
…पैसामा !

साँच्चै आर्को कुरा छन्। घर-घरका कहानी। भुल्न नमिल्ने नभनी नहुने। पैसाको निम्ति वैंस थारो बनाएर, परिवारलाई चटक्कै छोडेर हुलका हुल बैंसालु तन्नेरी युवा छन् छरेर बसेको संसार भरी।

भेटेको थियो हिजो रातको सपनामा साहारा मरुभूमि जस्तै अरबको बिराट निर्जन मरुभूमिमा। केही युवा साथीलाई। उनिहरु न दु:खि थिए। न खुशी थिए। भन्दै थिए बस् जीवन न्युटलमा चल्दैछ दाज्यु।

एउटाको रुपमा अलि बेसी घोर निराशा कुदेको देखेर।

– के भो भाइ भनेको?

– उनी भन्दै थियो। दाज्यु मेरो त संसारै डुब्यो भन्दै आशुँ बगाउन थाले।

त्यसपछि अरु केही सोध्ने हिम्मत गरेन।

सपनाबाट फर्की बिपनामा। बिपनाले देखाए नांगो दुनियाँको नरसंहार जहाँ मान्छेले मान्छे मार्दैगर्दा खुशी हुने मान्छे।

-मान्छेले मान्छेलाई किन मार्छ?

मान्छेले मान्छे मार्ने बम किन बनाउँछ?
-यस्तो प्रश्न हरुको उत्तर कुन मान्छेले दिने हो?

“थाहा छैन- ।

केही समय अगाडिको कुरा हो

-युट्यूबमा भाग्य खोज्दै गरेको चर्चित भाग्य बन्धुले उल्टो घरको भिडियो बनाएर सार्बजनिक गरेको थियो। मैले पनी पटकपटक हेरेको थियो।

कतै,अब उल्टो घर बनाउने हरुले हेर्ने हरुलाई हेराउनको लागि भएपनि उल्टै काम त गर्ने होइन?
त्यसैले कहिलेकाही त लाग्छ।

अब म पनि चल्लो जन्माउने कुखुरा पालन गर्छु। अण्डा पार्ने बाख्रा पालन सुरु गर्छु। भक्कु बिग्रेर सप्रिन छोडेको रक्सिको स्विमिङ पुल बनाएर पौडने बिजनेस गर्छु।

म जे जे देख्छु। सबै उल्टो-उल्टो देख्छु। खै म जन्मँदा बिप्लेटो जन्मे कि सप्लेटो थाहा भएन। थाहा भएको एक मात्रै पात्र आमालाई उहिल्यै बिदा गरे।
एक मिनेट बढी बाँच्न दाम्लो छिनाएर भागेको राँगाको चित्कार देखेर।

अदृश्य शक्तिवान बनेर भाला र खुँडाले छियाँ-छियाँ हुनेगरी काटेर ढालेको मान्छेहरुलाई भेटेर गोर्खा दक्षिणबाहु तक्मले सम्मान गर्न मन लाग्छ। आफ्नै मान्छे बेचेर कमाएको पैसामा सफलता देख्ने मान्छेहरुलाई सम्मान मिठो प्रेम छ भन्न मन लाग्छ।

उल्टो कुरा,उल्टो मान्छे,सबै उल्टै-उल्टो। पानी पर्ने मौसममा हिँऊँ पर्छ। हिँऊँ पर्ने याममा पैरो खस्छ। अचेल धेरै थोक बिप्लेटो पाउँछु। डाँडा काटेर केक जसरी बिकाउँछ। खोला आर्कैको झोलामा पारेर आफ्ना खेत-खलियानलाई बाँझो बनाउँछ।

-खै के यस्तै-यस्तै बेथिति को कुरा भैइरहने समय लाई “आधुनिक युग” भन्छन् हो? यो मेरो प्रश्न होइन अज्ञात जिज्ञासा आफैंलाई हो।
आ……!

छाडी दिम भो यस्तो बेफजुलको झ्याऊ कुराहरु…
जे पनि हुने नहुने सबैकुरा जसरी पनि गर्नु नै पर्ने।

पाँचखाल-११,काभ्रेपलान्चोक
हाल-लिमासोल,साइप्रस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *