हङकङ सिक्सेसमा आज नेपाल र अस्ट्रेलिया भिड्दै
काठमाडौं। हङकङ सिक्सेस अन्तर्गत आज नेपालले अस्ट्रेलियाको सामना गर्ने छ।
पूल बि अन्तर्गतको यो खेल हङकङको मोंग ककस्थित मिशन रोड स्टेडियममा नेपाली समय अनुसार बिहान सवा ६ बजेदेखि शुरु हुँदै छ।
नेपालले शुक्रबार सम्पन्न खेलमा इङ्ल्याण्डलाई पराजित गरेको थियो। त्यस्तै शुक्रबारनै सम्पन्न पूल बी को अर्को खेलमा अस्ट्रेलियाले इङ्ल्याण्डलाई पराजित गरेपछि पूल बी बाट नेपाल र अस्ट्रेलिया क्वाटरफाइनलमा पुगिसकेका छन्। यस खेलपछि पूल बी को विजेता र उपविजेताको टुंगो लाग्ने छ।
नेपालले क्वाटरफाइनलमा पूल डी को श्रीलंका वा बंगलादेशसँग खेल्ने छ। पूल बी बाट दुवै खेल हारेर बाहिरिएको इङ्ल्याण्डले भने प्लेट च्याम्पियनसिप खेल्ने छ ।
प्रतिक्रिया
Facebook Comment