हङकङ सिक्सेस: नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग पराजित

काठमाडौं। नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको छ। शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो।
श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछाएको नेपालले ५ ओभरमा ६ विकेट गुमाउँदै ८३ रन बनाएको हो। नेपालका लागि राशिद खानले सर्बाधिक ५५ रन बनाएका थिए।
यस अघि श्रीलंकाले पहिला ब्याटिङ गर्दै ६ ओभरमा २ विकेट गुमाएर १२३ रन बनाएको थियो। यो जितसँगै श्रीलंका सेमीफाइनलमा पुगेको छ।
त्यस्तै नेपालले भने अब अर्को खेल प्लेट सेमिफाइनल खेल्ने भएको छ। प्लेट सेमिफाइनल खेलमा नेपालले बंगलादेश र युएई मध्ये एक देशसँग आइतबार खेल्ने छ।
प्रतिक्रिया
Facebook Comment