उपप्रधानमन्त्री प्रकाशमान सिंह शहरी विकास सम्बन्धि कार्यक्रममा सहभागी हुन इजिप्ट प्रस्थान

डिसी नेपाल
१८ कार्तिक २०८१ ८:२३

काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टकाे कायराे प्रस्थान गरेका छन्।

वर्ल्ड अर्बान फाेरमकाे कार्यक्रममा सहभागि हुन नेपाली प्रतिनिधि मण्डलकाे नेतृत्व गर्दै सिंह आइतबार विहान ८ बजे कायराे प्रस्थान गरेका हुन्। उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा विदाई गरे।

विश्वका १५० भन्दा बढी देशकाे सहभागिता रहने कार्यक्रममा सहभागी हुने सिंह उच्च पदाधिकारी हुन्। अन्य देशबाट शहरी विकाससँग सम्बन्धित मन्त्रीहरू सहभागी हुनेछन् भने नेपालबाट उपप्रधानमन्त्रीसमेत रहेका सिंहकाे उपस्थिति रहनेछ।

शहरी विकासकाबारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले ३ वटा सत्रलाई सम्बाेधन गर्नेछन्। साे क्रममा उनले नेपालले वस्ति विकासका क्रममना भाेगेका समस्या, जलवायु परिवर्तनका कारण भाेगिरहेकाे समस्या र वस्ती विकासमा नेपालले हासिल गरेकाे उपलब्धिबारे संसारकाे ध्यानाकर्षण गराउनेछन्।

नेपालमा जलवायु परिवर्तनकाे असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्ने गरि कसरी शहरीकरण र वस्ति विकास गर्न सकिन्छ भन्ने विषयलाई उपप्रधानमन्त्री सिंहले प्रमुख एजेन्डा बनाउनेछन्।

त्यस्तै शहरीकरणका लागि चुनाैति बनिरहेकाे खानेपानी, सरसफाई र शहरी पूर्वाधारकाे व्यवस्थापनकाे विषयलाई पनि नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेकाे छ।

नाेभेम्बर ४ देखि ८ तारिखसम्म कायराेमा वर्ल्ड अर्बान फाेरमकाे कार्यक्रम हुँदैछ। वर्ल्ड अर्बान फाेरम शहरी विकासकाे क्षेत्रमा महत्वपूर्ण मानिन्छ।

उपप्रधानमन्त्री सिंहसँगै पत्नी सिर्जना सिंह, शहरी विकास मन्त्रालयका अधिकारीहरू कायराे प्रस्थान गरेका छन्। सिंह कार्यक्रममा सहभागी भएर शनिबार विहान साढे १० बजे स्वदेश फर्कनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *