कविता : तिहार

सुरेश भट्ट आश्रिन
१८ कार्तिक २०८१ १६:१०

यस्तो तिहार के तिहार
जहाँ एभ्री-डे ब्याट्री फोरेर
घरका झ्याल ढोकामा
कालो नदली तिहार आउँछ।

कमेरोले घर नरंग्याइ तिहार आउँछ
रातो माटाेले रातै हुनेगरी
घर नपोती तिहार आउँछ
लिङ्गे पिङका डोरी नकाटि तिहार आउँछ ।

हाम्रा पालामा

खर काटिन्थ्यो
तोरन बाटिन्थ्यो
खुसी साटिन्थ्यो
चोरेरै भएपनि काक्रो काटिन्थ्यो।

केराको सुप्लोमा दियो बालिन्थ्यो
बत्ति निभ्न हुँदैन भन्दै तेल थपिन्थ्यो
आमा दिदिबहिनीले रोटी पोल्थे
हामी नाग्लो थापिन्थ्यो ।

झिलाए बनाउने मेसिन खोज्न गाउँभरी चारिन्थ्यो
कस्को घरको राम्रो भनेर
गाउँभरीको आगनमा अँखा डूलाइन्थ्यो
संस्कृती जोगाउन देउसी भैलो खेलिन्थ्यो
आजकाल पैसा कमाउन देउसी खेलिन्छ ।

त्यो बालापन त्यो समय
अब कहाँ आउला
नास्सिएसी , मास्सिएसी
संस्कार खोजेर कहाँ पाउला ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *