पाकिस्तानको लाहोर र भारतको दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर श्रेणीमा

डिसी नेपाल
१९ कार्तिक २०८१ ७:२३

काठमाडौं। पाकिस्तानको लाहोर शहर र भारतको नयाँ दिल्लीमा लगातर प्रदूषण बढेपछि वायु प्रदूषणको अवस्था गम्भीर श्रेणीमा पुगेको छ। लाहोरको गुणस्तर सूचकांक सोमबार ४८५ एक्यूआइ रहेको छ भने नयाँ दिल्लीको एक्यूआई ४३७ रहेको छ, जुन प्रदुषणको गम्भीर अवस्था हो।

भारतको राष्ट्रिय राजधानी दिल्लीसहित उत्तर प्रदेश, हरियाणा र राजस्थानका पाँच प्रमुख सहरहरूमा वायु गुणस्तर सूचकांक ३०० नाघेको छ। सबैभन्दा खराब अवस्था दिल्लीको रहेको छ, जहाँ सोमबार बिहान वायुको औसत गुणस्तर ४ सय नाघेको छ।

आइतबार दिल्ली बाहेक, उत्तर भारतका प्रमुख शहरहरू जहाँ एक्यूआइ ३०० भन्दा बढी थियो। जहाँ हरियाणाको बहादुरगढ ३३५ र सोनीपतको ३२१, यूपीको मुजफ्फरनगर ३०२ र राजस्थानको श्रीगंगानगरको ३२७ रहेको थियो।

बुधबारसम्म राजधानीको हावा अत्यन्त कमजोर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार हावाको गति प्रतिघण्टा ५ देखि १५ किलोमिटर रहेको थियो। अबको दुई–तीन दिन यस्तै अवस्था रह्यो भने वायुको गुणस्तरमा सुधार आउने आशा कमै छ। साथै बिहान हल्का कुहिरो लाग्ने सम्भावना रहेको छ।

भारतको नयाँ दिल्लीमा पियुसी नभएका ५४ हजार सवारी साधनलाई जरिवाना गरिएको छ।

अक्टोबर १५ देखि ३१ सम्म राष्ट्रिय राजधानी र आसपासका क्षेत्रमा वायु प्रदूषण नियन्त्रण गर्ने मापदण्ड लागू नगरेको भन्दै ५६ निर्माण तथा भत्काउने स्थल बन्द गरिएको छ भने ५ सय ९७ साइटलाई जरिवाना गरिएको छ। यस अवधिमा वैध प्रदूषण नियन्त्रण प्रमाणपत्र (पीयूसी) नभएका ५४ हजार सवारीसाधनलाई जरिवाना समेत गरिएको छ भने उमेर हद नाघेका ३ हजार ९ सय सवारी साधन जफत गरिएको छ।

दिल्ली-एनसीआरमा वायु गुणस्तर सुधार गर्न गठित केन्द्रीय प्यानल एयर क्वालिटी म्यानेजमेन्ट आयोगले आइतबार एक विज्ञप्तिमा यो जानकारी दिएको हो। आयोगले एनसीआरभर अवैध डम्पिङ साइटहरूको लागि ५ हजार ३०० भन्दा बढी गहन निरीक्षण गरिएको बताएको छ।

आइतबार पञ्जाबमा पराल जलाउने २१६ घटनाहरू रिपोर्ट गरिको मिडिया रिपोर्टमा उल्लेख छ। पञ्जाब रिमोट सेन्सिङ सेन्टरको तथ्याङ्क अनुसार, सेप्टेम्बर १५ देखि अहिलेसम्म सम्म राज्यमा कुल ४ हजार १३२ पराल जलाउने घटनाहरू रिपोर्ट गरिएको छ।

अर्कोतर्फ पाकिस्तानका शहरहरुमा पनि प्रदुषणको तह गम्भीर अवस्थामा पुगेको छ। मुल्तानको सोमबार बिहानको एक्यूआर ५२९ पुगेको छ भने लाहोरको ४५८ पुगेको छ। त्यस्तै पेशावरको १८० र रावलपिंडीको १७० एक्यूआइ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *