कविता : रैथाने लामखुट्टे
रैथाने लामखुट्टे घर वरिपरि घुम्छ
मलाई घर भित्रै मात्र बस भन्छ
वरिपरि घुम्छ मलाई गिज्याई रहन्छ
रोगको नाममा मलाई डराई रहन्छ।।
लामखुट्टे मेरो छिमेकी जस्तै गरी
मलाई हरपल हर क्षण घेरी रहन्छ
केही प्रतिकृया दिँदैन मात्र आँटिरहन्छ
अवसर कुरेर कुराको बहाना बनाई रहन्छ।।
रैथाने लामखुट्टे घरीघरी घरमा घुसिरहन्छ
अनेक नाममा घरभित्र उत्पात मच्याइदिन्छ
विवश सम्बन्धको झुलमा म मलाई गुमाइरहन्छु
अनेकौं रिलहरूमा म जीवन पस्किइरहन्छु।।
भिन्न भिन्न लामखुट्टेका झुन्डहरू बिबिध रूपमा
घेरा हालेर ममा अनेकन् अवयवहरू देखाँउछन्
म प्रकृतिको स्वरूपमा लामखुट्टेको अवसानमा
खुद्रा जीवनको अबशेष सगेटेर समुद्र कुरिरहेछु।
रैथाने लामखुट्टे घरीघरी अनेकन् प्रश्नहरूमा
आफ्नै लागि प्रश्नहरू बनेर अगाडि आइदिन्छन्
रैथाने लामखुट्टे अनेक रोगहरू बनेर आइदिन्छन्
म जीवन शैलीमा आफ्नैमा सम्झौता गरिरहन्छु।
रैथाने छ लामखुट्टे घरीघरी मसँग खेलिरहन्छ
मेरो बिरूद्धमा घुमाईरहन्छ हरपल हरसाँझ
मलाई जीवन वनेर आफैमा जोखिरहन्छ
रैथाने लामखुट्टेको सम्झौतामा म जीवन बनाइरहन्छु।।
विरूवा, भक्तपुर।
Facebook Comment