क्रिकेटर ऋद्धिमान साहाद्वारा सन्यासको घोषणा

डिसी नेपाल
१९ कार्तिक २०८१ १३:३९

काठमाडौं । भारतीय क्रिकेटर ऋद्धिमान साहाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ऋद्धिमान साहले एक्स पोस्टमार्फत जानकारी दिएका हुन् ।

आफ्नो पोस्टमा उनले लेखेका छन् , ‘क्रिकेटमा अविस्मरणीय यात्रापछि यो सिजन मेरो अन्तिम सिजन हुनेछ । सन्यास लिनुअघि रणजी ट्रफीमा मात्रै खेल्दै बंगालको प्रतिनिधित्व गर्ने मौका पाएकोमा गर्व गर्छु । यो सिजन अविस्मरणीय बनाऔं।’

ऋद्धिमान साह लामो समयदेखि बंगाल रणजी टिममा विकेटकिपरको भूमिका निर्वाह गर्दै आएका छन् ।

उनी भारतीय क्रिकेट टिमको पनि सदस्य भइसकेका छन् । साहाले भारतका लागि ४० टेस्ट खेलमा १३५३ रन बनाएका छन् । यसबाहेक उनले ९ ओडिआई खेल पनि खेलेका छन् जसमा उनले ४१ रन बनाएका छन् ।

साहाले सन् २०२१ मा भारतीय टोलीका लागि अन्तिम टेस्ट र २०१४ मा अन्तिम एकदिवसीय खेल खेलेका थिए। यस बाहेक उनी आईपीएलका पाँच टोलीहरू कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स, पञ्जाब किंग्स, सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सको पनि हिस्सा भइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *