पाकिस्तानविरुद्ध अस्ट्रेलिया २ विकेटले विजयी
काठमाडौं। अस्ट्रेलियाले पाकिस्तानविरुद्धको पहिलो एक दिवसीय खेलमा २ विकेटको जित हासिल गरेको छ। योसँगै घरेलु टोलीले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ।
मेलबर्नमा सम्पन्न खेलमा पाकिस्तानले दिएको २०४ रनको लक्ष्य अस्ट्रेलियाले ३३.३ ओभरमा ८ विकेट गुमाएर पुरा गरेको थियो।
अस्ट्रेलियाले जितमा जोस इङ्लिसले ४९, स्टेभन स्मिथले ४४ र क्याप्टेन प्याट कमिन्सले ३२ रन बनाए। त्यस्तै पाकिस्तानका बलरहारिस रौफले ३ र शहिन शाह अफ्रिदीले २ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तान ४६.४ ओभरमा २०३ रनमा अलआउट भएको थियो।
पाकिस्तानका लागि कप्तान मोहमद रिजवानले ४४, नसीम शाहले ४० र बाबर आजमले ३७ रन बनाए भने अस्ट्रेलियाका बलर मिचेल स्टार्सले ३ तथा पाट कमिन्स र एडम जाम्पाले समान २(२ विकेट लिए।
अब सिरिजको दोस्रो खेल शुक्रबार हुनेछ।
Facebook Comment