बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
चितवन। रत्ननगर नगरपालिका-२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ।
खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइतेमध्ये रत्ननगर-१३ अमिलियाका २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। सोही ठाउँका २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते छन्। उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया
Facebook Comment