अमेरिकी चुनाब : ट्रम्पले २३० र कमलाले १९२ सिट जिते, पेन्सलभेनियामा कडा टक्कर
काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनाबको मतगणना जारी छ । अहिलेसम्म इलेक्टोरल कलेज र पपुलर भोट दुबैमा डोनाल्ड ट्रम्पले अग्रता लिइरहेका छन् । ट्रम्पले २३० इलेक्टोरल कलेज जितेका छन् भने कमला ह्यारिसले १९२ इलेक्टोरल कलेज जितेकी छिन् ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल कलेज जित्नु आवश्यक हुन्छ । यस्तै पपुलर भोटतर्फ ट्रम्पले ५ करोड ७१ लाखभन्दा बढी भोट पाएका छन् । कमला ह्यारिसले ५ करोड २३ लाखभन्दा बढी भोट पाएकी छिन् ।
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा स्विङ राज्यको भोट निर्णायक हुन्छ । स्विङ स्टे त्यस्ता राज्य हुन् जहाँको नतिजा हरेक निर्वाचनमा उल्टिने गरेको छ । जुनसुकै बेला मत परिवर्तन हुन सक्ने यस्ता राज्यमध्ये पेन्सलभेनिया पनि हो जहाँको मतगणना यतिबेला चलिरहेको छ ।
अमेरिकी राज्य पेन्सिल्भेनियामा आधाभन्दा बढी मतगणना भइसकेको छ । अहिलेसम्मको मतगणनामा डोनाल्ड ट्रम्प अगाडि छन् भने कमला ह्यारिस अलिकति पछाडि छन् ।
अन्य राज्यहरूको तुलनामा, पेन्सल्भेनियामा सबैभन्दा धेरै १९ इलेक्टोरल कलेज भोटहरू छन्। यस्तो अवस्थामा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका लागि यो राज्यमा जित महत्वपूर्ण हुन्छ ।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले जर्जियामा मात्र ०.७२ प्रतिशत मतको अन्तरले जित हासिल गरेका थिए भने चार वर्षपछि सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनमा जो बाइडेन १.१७ प्रतिशत मतको अन्तरले विजयी भएका थिए।
यस्तो अवस्थामा ट्रम्प र ह्यारिसबीच यसपटक कसले जित्ला भन्ने अनुमान गर्न गाह्रो छ ।
पेन्सिलभेनियामा पनि मतगणना बिस्तारै हुँदैछ। किनभने यहाँको कानुनअनुसार मेलबाट प्राप्त मतपत्रको मतगणना निर्वाचनको दिनसम्म सुरु गर्न पाइँदैन ।
यस्तो अवस्थामा २०२० को चुनावमा जस्तै राज्यमा कसले जित्ला भनेर पत्ता लगाउन धेरै दिन लाग्न सक्छ।
Facebook Comment